काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामीले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका बाँकी तीन खेल गुमाउने भएका छन् । चोटका कारण कामीले बाँकी तीन खेल गुमाउने भएका हुन् ।
जिम्बाबेविरुद्धको पहिलो खेल खेलेका सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई वटा टाँका लगाइएको छ ।
एक हप्ता आराम गर्नुपरेपछि अब सोमपालले आज हुने अमेरिकाविरुद्धको खेल साथै वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन् । आज नेपालले अमेरिकाको सामना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया