सलिनमान अभिनित ‘यात्रा’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘यात्रा–द भ्लग’ को टिजर सार्वजनिक भएको छ । सलिनमान बानियाँ स्टारर यो फिल्मको काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा प्रेम र एक्सनलाई प्रस्तुत गर्न खोजिएको छ । सलिनमान बानियाँको मुख्य भूमिका रहेको यो फिल्ममा सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल, मालिका महत लगायतले अभिनय गरेका छन् ।

यात्राका क्रममा हुने विभिन्न घटनालाई कथानक बनाइएको यो फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारले अभिनय गरेका छन् । प्रतीक पौडेल, सुरेश न्यौपाने, शिशिरले मिलेर लेखेको यो फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।

यस्तै सञ्जय लामाको छायांकन रहेको फिल्ममा सुशील पोखरेल निर्माता छन् ।

सम्राट शाक्यको स्किृप्ट रहेको यो फिल्म नयाँ वर्षको मौका पारेर आउँदो चैत्र २९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?