काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार अपराह्न ३ बजे वैदेशिक रोजगारबाट फर्केका उनीहरुलाई विमानस्थलको गेटबाट सुनसहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २५० ग्रामको सुन बरामद गरेको छ । पक्राउ परेको उनीहरुको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया