पञ्चासे केबलकारले अठार गाउँका बासिन्दालाई रोजगारी दिने

पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । 

पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो । 

पञ्चासेसँंग जोडिएका साविकका १८ गाउँ विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ । स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पु-याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । 

कम्पनीमा लगानी गर्न कम्तीमा एक लाख लगानी गर्नुपर्छ ।  एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?