काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।
अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले ।
नेपालका लागि करण केसीले कीर्तिमानी ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान २-२ तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया