अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

लोकपथ
28
Shares

काठमाडौं । अफगानिस्तानको प्रहरीले गत दुई महिनामा अफगानिस्तानको उत्तरी जाज्जान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।

“विगत दुई महिनामा, शृङ्खलाबद्ध अपरेसनमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए ।

अवैध बाली विरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रदेशमा करिब ६०० एकड खेती नष्ट गरेको थियो ।

अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?