निर्मलालाई न्याय दे भन्दै सिंहदरबामाथी उड्यो बेलुन

काठमाडौं । विभिन्न माग राखी सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले पछिल्ला केहि दिनदेखि निरन्तर सिर्जनात्मक विरोध कार्यक्रम गर्दै आएको छ । 

सोहि अनुरुप नेविसंघले शुक्रबार सिंहदरबारको मूल गेटबाट ‘निर्मलालाई न्याय दे  ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको रंगीविरंगी बेलुन उडाएका हुन् ।

नेविसघं केन्द्रीय सदस्य सुशील भट्ट,जानुका पन्त,पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, प्रभावशाली विद्यार्थी नेता निरन्जन थापा, विद्यार्थी नेताहरु सुवास घिमिरे, सन्तोष गुरुङ, मगंल गुरुङ, सुदिप अधिकारी, विजय ढुङ्गाना लगायतले बेलुन उढाएका हुन् ।

यसअघि नेविसंघले भुकम्पपछि पूनर्निर्माणमा ढिलाई भएको भन्दै रानीपोखरीमा फूटबल खेलेका थिए ।

एयरपोर्टमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, सिट्टी जुलुस निकाल्ने, र्याली तथा मसाल जुलुस निकाल्ने , विभिन्न प्रदर्शन गर्ने , मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने जस्ता कार्यक्रम गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?