काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट सिरिज आज ‘शुक्रवार’ शुरु हुँदैछ ।
यी दुई टिमबीचको खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार पौने ३ बजेपछि शुरु हुनेछ । टी-ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । यूएईले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा दुई जना खेलाडी परिवर्तन भएका छन् । रोहितकुमार पौडेल र बसन्त रेग्मीको स्थानमा ललितनारायण राजवंशी र पवन सर्राफलाई टिममा राखेका छन् । पवनले यहि खेलमार्फत टी-ट्वान्टी क्रिकेटमा डेब्यु समेत गर्दैछन् ।
पहिलो खेलमा २१ रनले हार बेहोरेको नेपाललाई आजको खेल्ने पर्ने दवाव छ । एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको नेपाल तीन टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा हार बेहोर्दै खराब शुरुवात गरेको थियो ।
घरेलु टोलीविरुद्धको दोस्रो खेलमा नेपाल सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । आजको खेल पनि नेपालले गुमाए एक खेल अगावै टी-ट्वान्टी सिरिज गुमाउने छ । टी-ट्वान्टी विश्वकप समेत खेलिसकेको नेपालले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया