विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

लोकपथ
154
Shares

काठमाडौँ । अमेरिकालाई हराउँदै विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

२०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो ।

नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अल आउट हुँदै २०७ रन बनाएको थियो ।

अमेरिकाका लागि शायन जहंगिरले सर्वाधिक १०० रन बनाए । त्यस्तै अमेरिकाका सुशान्त मदानीले ४२ रन जोडे । गजानन्द सिंहले २६ र जेस्सी सिंहले १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?