उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले कुनैपनि देशको आन्तरिक मामलामा भएको बाह्यदेशको हस्तक्षेपको पक्षमा नेपाल सरकार नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार नवलपरासीको कावासोतीमा प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नमा रक्षामन्त्री पोख्रेलले नेकपा अध्यक्षको वक्तव्यमा आएको कुराले केही भ्रम पैदा गरेको भन्दै कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप नहोस् भन्ने नेपालको चाहना रहेको बताए ।
उनले द्वन्दकालीन घटना तथा मुद्दाहरु मिलाउनका लागि सरकारले ऐन बताउने तयारीमा रहेको समेत जानकारी दिए ।
पत्रकारले पछिल्लो समयको पेचिलो बनेको राष्ट्रिय चिकित्सा शिक्षा विधयेकका विषयमा राखेको जिज्ञासामा उनले भने, ''विगतमा गठन भएका आयोगहरु, विभिन्न खाले सम्झौताहरु सबैलाई नै टेकेर राष्ट्रिय चिकित्सा शिक्षा विधयेक पास गरिएको हो ।'' यसमा शंका गर्न जरुरी छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया