काठमाडौं । युरोकप छनोटमा पोर्चुगलले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे । आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तराष्ट्रिय खेल समेत पूरा गरेका छन् ।
जितसँगै पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ । आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया