पारस अस्पतालबाट डिस्चार्ज, यसैसाता ‘फलोअप’

हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएसागै अस्पतालले डिस्चार्ज गरेको छ ।  

पारसलाई लिन उनकी बहिनी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत आफन्तहरु अस्पताल पुगेका थिए ।

आइतबार दिउँसो गम्भिर प्रकारको हृदयघात भएकोमा उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको अस्पतालले जनाएको छ ।

तर उनलाई अस्पतालले यहि साता  फलोअपमा बोलाएको छ ।

पारसलाई २०६३ सालमा पहिलोपटक, ०७२ सालमा दोश्रो पटक र गएको आइतबार तेश्रो पटक हृदयघात भएको हो ।

पटक पटकको हृदयघातका कारण पारसको मुटु निकै कमजोर भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?