काठमाडौं । दोस्रो टी-ट्वान्टी क्रिकेट अन्तर्गत संयुक्त अरब इमिरेट्स ‘युएई’ले नेपालसामु १ सय ८ रनको चुनौती प्रस्तुत गरेको छ ।
दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा शुक्रवार भएको दोस्रो खेलमा युएईले नेपाललाई सामान्य रनको चुनौती दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।
युएईका लागि सिपी रिज्वानले सर्वाधिक ४४ रनको योगदान दिए । ओपनर ब्याट्सम्यान आश्फाक अहमेद मात्र ४ रन बनाएर आउट भए । साइमन अन्वारले १४ रन, मोहम्मद बोटाले ११ रन, गुलाम शाब्बेरले ६ रन तथा कप्तान मोहम्मद नाभिद मात्र ६ रन बनाएर पेभेलिएनमा फर्किए ।
नेपालका लागि अविनाश बोहराले ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान दुई-दुई विकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया