कांग्रेसको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

शुक्रवार बसेको प्रदेशसभा बैठकमा डा. गाविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेस सांसदद्वारा बैठक अवरुद्ध गरेका हुन् । 

बैठक शुरु भएलगत्तै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल रोष्टम अगाडि गएर बैठक चल्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । 

साथै कांग्रेस सांसदहरुले निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारले चासो नदिएको आरोप समेत लगाएका छन् । 

कांग्रेसको अवरोधपछि बैठक माघ २२ गतेसम्मका लागि स्थगित भएको छ । 

सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?