काठमाडाैं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल स्तब्ध भएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिदले त गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा नेपालका लागि अन्जन बिष्टले गोल फर्काएका थिए । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।
समूह ‘ए’ मा रहेको कुवेतले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपालले भने हारबाट सुरुवात गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया