काठमाडौं । नेपाल राष्ट्र बैंकले रिर्भस रिपो जारी गरेर वित्तीय प्रणालीबाट १० अर्ब रुपैंयाँ खिच्ने भएको छ । आज (बिहिबार) रिर्भस रिपो जारी गरी उक्त परिमाणमा रकम खिच्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रिर्भस रिपो खरिदको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले आज अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नुपर्ने छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने उक्त रिपोको परिपक्व हुने अवधि भने सात दिन अर्थात यही असार १४ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात तरलता अभावको समस्या भएको खण्डमा राष्ट्र बैंकले उक्त अभावलाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । यस अन्र्तगत राष्ट्र बैंकले बिभिन्न समयमा बैंक तथा फाईनान्स कम्पनीहरुलाई आफैले बिक्री गरेको ट्रेजरी बिलहरुहरु बोलकवोलको माध्यमद्धारा आफैले खरिद गरी बजारमा रकम पठाउने गर्छ ।
अर्को तर्फ बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गरेको छ । भोलि बिक्री हुने रिपो सोही प्रकृतिको भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया