अमेरिकामा के गर्दैछिन् सिपोरा गुरुङ ? भन्छिन्, खेलकुद नशानशामा छ, कहाँ भुल्न सकुँला !

सिपोरा गुरुङ, अहिले गुमानाम जस्तै छिन् । राष्ट्रिय भलिबल खेलाडी समेत रहेकी उनी एकाएक हराउँदा खेल प्रेमी दर्शकको जिज्ञासा जाग्नु स्वभाविक पनि हो । खेलाडी हुँदै केही नेपाली चलचित्रकी नायिका समेत बनेको सिपोरा यतिबेला संयुक्त राज्य अमेरिकामा छिन् । १३ वर्षको सानै उमेरमा राष्ट्रिट टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगिता खेलेकी उनले प्रतिभाशाली खेलाडीको रुपमा पनि परिचित छिन् । आर्मी परिवारमा जन्मिएकी सिपोरा सानै उमेरदेखी खेलकुदमा निक्कै रुची राख्थिन् । 

राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडी समेत रहेकी उनले थुपै मेडलहरु पनि जितिसकेकी छिन् । किशोरावस्ताको बेलामा नै उनी श्रीलंकामा सम्पन्न १० औँ दक्षिण एशियाली खेलकुद खेलकुद ‘साग’मा सर्वोत्कृष्ट युवा खेलाडी समेत घोषित भएकी थिइन् । प्रतियोगिताका दौरान घाइते भइन् । १८ वर्षको हुँदा उनले पहिलो पटक घुँडामा चोट बोकेकी थिइन् । घुँडाको सफल शल्यक्रिया गरेपछि सिपोराले सक्रिय खेल जीवनबाट टाढा रहिन् । एकाएक उनले सक्रिय खेल जीवनबाट ग्लामर फिल्ड हात हालिन् । सन् २०१३ मा आयोजना भएको मिस नेपालमा उनले सहभागीता जनाइन् । मिस नेपालको टप फाइभसम्म पुगेकी उनले मोस्ट ट्यालेन्टको अवार्ड समेत हात पारिन् । त्यसपछि उनले गुरुङ चलचित्र ‘घलेक, यम्फावती र भुईमान्छे चलचित्रमा अभिनय गर्दै नेपाली सिनेजगतमा नवनायिकाका रुपमा डेब्यु गरेकी थिइन् । 

उनै पूर्व राष्ट्रिय खेलाडी सिपोरासँग लोकपथले गरेको कुराकानी संक्षिप्तमा

तपाई नेपाली खेलकुद क्षेत्रबाट टाढा भएको पनि लामै समय भइसक्यो । अमेरिकाको बसोबास कस्तो छ ? 
म पढाई सिलसिलामा अमेरिका आएकी हुँ । साथै नेपाली खेलकुद क्षेत्रलाई पनि माया मारेकी छैन । यहाँको बसाई समग्रमा भन्नु पर्दा रमाइलो नै छ । मैले यहाँ कक्षाभित्र र बाहिर धेरै कुराहरु सिकि रहेकी छु, हरेक दिन अमेरिकामा नयाँ—नयाँ कुराहरु सिक्ने मौका पनि पाइरहेकी छु । समग्रमा अमेरिकाको बसोबास राम्रै छ । स्कुल पढ्दादेखि भलिबल खेल्दा सम्म पनि घरबाट नै बाहिर नै बस्नु पर्योे । सो अहिले घरपरिवार सबै जनालाई मिस गरिरहेकी छु । स्पेसल्ली बाबाले पकाउनु भएको खानेकुरा निक्कै मिस गर्छु । 

अमेरिकामा रहन तपाईलाई कतिको सहज छ । किन अमेरिका नै जानुभयो ?
मैले अघि नै भनिसके म पढाईकै लागि नै अमेरिका आएकी हुँ, म यहाँ न्यूट्रेशन साइन्स पढ्दै छु, साथै एक्सर्साइन फिजियोलोजी कोर्ष पनि गरिरहेकी छु । सो आफ्नो पढाईमा नै अहिले धेरै नै व्यस्त छु । यहाँ उच्च शिक्षाका लागि आउने सबैको सपना हुन्छ । मेरो पनि सपना थियो त्यसैले आफ्नो अध्ययनलाई अमेरिकामा निरन्तरता दिइरहेकी छु । यहाँ बस्नलाई खासै त्यस्तो केही गार्हो छैन । 

अमेरिकामा हुँदा विर्सनै नसकिने त्यो क्षण केही छ ?
त्यस्तो खासै केही परिवर्तन चाँहि आएको छैन् । अहिले नेपाली खेलकुद क्षेत्र र आफ्नो देशबाट टाढा छु । शुरुवाती समयमा आउँदा यहाँको हाइवे देख्दा छक्क परे । छुट्टीको समय पाउनसाथ यहाँको विभिन्न शहरहरु घुम्न जान्छु र यहाँको सांस्कृतिक विविधताहरु नियाल्न  रुचाउँछु । मैले अहिलेसम्म अमेरिकाको १४ सिटीहरु घुमिसकेकी छु । मलाई लाग्छ अमेरिका विश्व हो । यहाँ एशिया र युरोप सबै देखिन्छ ।

त्यस्तो खासै केही परिवर्तन चाँहि आएको छैन् । अहिले नेपाली खेलकुद क्षेत्र र आफ्नो देशबाट टाढा छु । शुरुवाती समयमा आउँदा यहाँको हाइवे देख्दा छक्क परे । छुट्टीको समय पाउनसाथ यहाँको विभिन्न शहरहरु घुम्न जान्छु र यहाँको सांस्कृतिक विविधताहरु नियाल्न  रुचाउँछु । मैले अहिलेसम्म अमेरिकाको १४ सिटीहरु घुमिसकेकी छु । मलाई लाग्छ अमेरिका विश्व हो । यहाँ एशिया र युरोप सबै देखिन्छ ।

नेपाल र नेपाली खेलकुदलाई कतिको मिस गर्नुहुन्छ ?
धेरै नै मिस गर्छु । अहिले मलाई घरपरिवारको यादले निक्कै सताउँछ । ‘आइ एम अल्वेज मिस माई नेशनल भलिबल टिम एण्ड कोच’ । खेलकुद मेरो नशानशामा छ त्यसैले कहिल्यै पनि भुल्न सक्दिन । म हरेक दिन आमासँग दैनिक एक घण्टा जति हिड्थे । आमाले नेपाली खाना बनाउन पनि सिकाउनु हुन्थ्यो । यदि जो केही देश बाहिर बसिरहनु भएको छ भने उहाँहरुले पनि नेपाली खानेकुरा र परिवार नसम्झिएको दिन नै छैन होला ।

तपाई भलिबल एरिनाको स्टारले चिनिनु हुन्छ । खेलकुदमा कसरी लाग्नुभयो ?
मैले खेलकुद शुरु गर्दा म आठ वर्षकी मात्र थिए । भाग्यमानी नेपाली खेलाडी सुचिमा राख्नुपर्दा म आफैलाई पनि राख्छु । मैले सानै उमेरमा नै राष्ट्रिय भलिबल टिममा पर्दै अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाएकी थिएँ । त्यस्तै मलाई खेलकुदमा लाग्न मेरो बाबुले नै पे्ररित गर्नुभएको थियो । मैले ३-४ वर्षको उमेरदेखि नै दैनिक अभ्यास गरेको मलाई याद छ । म सानै उमेरदेखि स्पोर्टी गल्र्स हुँ । 

तपाई अहिले भलिबल र आफ्नो देशदेखि टाढा हुुनुहुन्छ । अमेरिकामा खाली समयमा के गर्नुहुन्छ ? 

म आफ्नो देश नेपालदेखि टाढा छु तर, भलिबलबाट भने टाढा छैन । मलाई लाग्छ भलिबल कोर्टभित्र मात्र सिमित छैन । म कोर्ट बाहिर पनि भलिबल खेलिरहेकी छु । खाली समयमा मिल्यो भने पनि भलिबल खेल्छु, घुम्छु । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?