काठमाडौं । अन्तर्राष्ट्रिय क्योकुसिन काइकान कराँते संघ नेपाल ‘आईएफकेके’ले अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेका खेलाडीहरुलाई स्वागत गरेको छ ।
भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा नेपाली टोली ६ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित टिम च्याम्पियनको ट्रफी उचालेको थियो ।
प्रतियोगितामा आङ निमा शेर्पा, सुनील नगरकोटी, दिपेन्द्र क्षेत्री, विकास गुरुङ, मन्जु विक र शान्ति थापा मगरले स्वर्ण पदक जितेका थिए । दिपेन्द्र र सुनीलले क्रमशः थप रजत र कास्य पनि हात पारेका थिए । रजत जित्ने अन्य खेलाडीमा सनीसिंह सुनार र हरि दनुवार छन् ।
टिम प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवती सापकोटा, व्यवस्थापकमा विनोद पराजुली र अफिसियलमा अशोकजंग दनुवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया