काठमाडौं । नेपालद अटोमोवाईल डिर्लस एशोसियसन (नाडा) ले आर्थिक वर्ष २०८०\८१ को मौद्रिक नीतिको लागि राय सुझावहरु पेस गरेको छ ।
नाडाका प्रतिनिधिकरुले बिहिबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष भेट गरी उक्त सुझावहरु दिएका हुन । सुझावको क्रममा नाडाका प्रतिनिधिहरुले बर्तमान विश्व परिवेशमा अटोमोवाइल क्षेत्र अव विलाशीताको बस्तु नभई यो अत्यावश्यक बस्तु अन्तर्गत पर्न गएको बताएको छ । अटोमोवाइल व्यवसायलाई आजको दिनमा ट्रेडिङ्ग विजनेशको रुपमा नभई उद्योगको रुपमा हेर्नु पर्ने समय आएको छ ।
नेपालको अटोमोबाइल क्षेत्रले देशको कर राजस्वमा महत्वपूर्ण योगदान दिएको छ । त्यसैगरी प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारी समेत प्रदान गरेको छ । नेपालको बिज्ञापन बजारमा लगभग चालिस प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले लिएको छ भने निर्जिबन विमामा पनि यस क्षेत्रले ५० प्रतिशत योगदान दिएको छ । त्यसैगरी नेपालको अटोमोवाइल क्षेत्रमा अहिले १ खर्व भन्दा बढीको लगानी रहेको र नेपालको अटोमोवाइल व्यवसाय विद्यमान व्यवसायहरु मध्ये सर्वाधिक पारदर्शि व्यवसाय रहेको श्रीमान गर्भनरज्यूमा समेत विदितै भएको विषय हो, नाडाले सुझावको क्रममा भनेको छ ।
देशको अर्थतन्त्रको सुधारका लागि नेपाल राष्ट्र बैंकले विगतमा लिएका ठोस पहलकदमीहरुको कारण अहिले देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । त्यसैगरी विद्यमान तरलतामा पनि सुधार आएको कारण अर्थतन्त्रमा पनि गतिशीलता देखा परेको र देशको समग्र स्थितिमा सुधार आएको देखिन्छ । यसै परिप्रेक्षमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि नयाँ मौद्रीक नीति जारी गर्न लागेको सन्दर्भमा यस नाडा अटोमोवाइल्स एशोसिएशनबाट निम्न सुझावहरु पेश गरेका छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया