पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल स्की संघको आयोजना एवं नेशनल ओलम्पिक कमिटी, नेशनल स्पोर्ट काउन्सिल र स्की स्नोबोडिङ फाउण्डेशन नेपालको संयोजनमा माघ १४ गते सोमबारदेखि शुरु प्रतियागिता सकिएको हो ।
उक्त प्रतियोगितामा२० पुरुष र आठ महिलासहित २८ जना खेलाडी सहभागी थिए ।
प्रतियोगिताअन्तर्गत अलपाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेञ्जिङ शेर्पा प्रथम, कोङ्गा शेर्पा द्वितीय र सुकदेव थापा तृतीय बनेका छन् । त्यस्तै महिलातर्फ गौरीमाया तामाङ प्रथम, सङ्गीता लामा द्वितीय र सजनी लामा तृतीय भइन् ।
अल्पाइन स्कीतर्फको जुनियर पुरुषतर्फ दीपेश लामा प्रथम, दिनेशकुमार बोहोरा द्वितीय र आंशिक गुरुङ तृतीय बनेका छन् । भने महिलातर्फ लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र पालिसा बज्राचार्य तृतीय भइन् ।
प्रतियोगिताको स्नो बोडिङ स्कीङमा पुरुषतर्फ रञ्जन केसी पहिलो भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया