नयाँदिल्ली । भारतको बिहारमा आइतवार बिहान रेल दुर्घटना भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।
रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् ।
रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य धेरै यात्रु घाइते हुनुका साथै कयैं यात्रुहरु डिब्बमा फसेका कारण उनीहरुको उद्धारकार्य जारी रहेको पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले जानकारी दिए ।
घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएका छन् भने रेल दुर्घटना हुनुका कारण भने खुलेको छैन ।
रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया