राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, के छ मुख्य एजेण्डा ?

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । 

आइतवार बिहान ११ः३० बजे अर्पण व्यांक्वेटमा कार्यसमितिको बैठक बोलाइएको हो । 

बैठकमा आगामी फागुन ७ गतेबाट शुरु गर्ने संघर्षलगायतका मुख्य एजेण्डामा छलफल हुने राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमार्फत जानकारी दिए । 

उनले ट्वीटरमा लेखेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’

हिन्दु राष्ट्र, राजसंस्था पुनस्थापना र संघीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेबाट संघर्षको अभियान शुरु गर्ने राप्रपाको तयारी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?