कांग्रेसले आजबाट संसद अवरोध नगर्ने, संसदमा सभापति देउवाको सम्बोधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट संसद अवरोध नगर्ने भएको छ । 

आइतवार दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र संसद सूचारु हुने कार्य सूची तयको हो । 

कांग्रेस गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै संसद अवरुद्ध गर्दै आइरहेका थिए । 

डा. केसीले गत शुक्रवार एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने निर्णय गरेको हो । 

मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलको नेता देउवाले सम्बोधन गरेपछि संसद शुरु हुने जानकारी दिए ।

यसैबीच कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

आज बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?