इंग्लिस प्रिमियर लिग : टोट्नह्याम लिगको दोस्रो स्थानमा उक्लियो, चेल्सीको शानदार जित

एजेन्सी । टोट्नह्याम जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । 

शनिवार राति सम्पन्न भएको २५ औँ चरणको खेलमा टोट्नह्यामले लिगको १५ औँ स्थानमा रहेको न्युक्यासल युनाइटेडलाई एक-शुन्य गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । टोट्नह्यामका लागि खेलको ८३ औँ मिनेटमा सन ह्युङग मिनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म न्युक्यासल युनाइटेडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

जितपछि टोट्नह्यामले ५७ अंक बनाएको छ । लिग लिडर लिरपुलको भने ६१ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ५६ अंक छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको चेल्सीले हडर्सफिल्ड टाउनलाई ५-० गोल अन्तरले पराजित ग¥यो । चेल्सीको जितमा गोन्जालो हिग्युइन र इडेन हजार्डले समान दुई-दुई गोल गरे । बाँकी एक गोल भने डेभिड लुइजले गरे । जितपछि चेल्सीले ५० अंक बनाएको छ ।

 शनिवार राति नै भएका अन्य खेलहरुमा क्रिस्टल प्यालेसले फुलह्यामलाई २-० गोल अन्तरले, उल्भसले इभर्टनलाई ३-१ गोलले तथा कार्डिफ सिटीले बर्नमाउथलाई २-० गोल अन्तरले पराजित ग-यो। 
यता बर्नले र साउथह्याम्पटनबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । ब्राइटनले वाटफोर्डसँग गोलरहित बराबरी खेल्दै समान एक-एक अंक बाडेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?