चिकित्सा शिक्षा विधेयकलाई लिएर विरोध गर्नुको कुनै औचित्य छैन: सभामुख महरा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत पार्टीले चिकित्सा शिक्षा विधेयकलाई लिएर विरोध गर्नुको कुनै औचित्य नरहेको संघीय संसदका सभामुख कृष्णबहादुर महराले बताएका छन् । 

आइतवार दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा सभामुख महराले सो कुरा बताएका हुन् । 

उनले भने, ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भइ प्रक्रियामा गइसकेका कारण यसलाई उछाल्न खोज्नु गलत हो ।’

साथै चिकित्सा शिक्षा विधेयक आन्दोलन र अवरोधको विषय नभएको बताउँदै सभामुख महराले भने, ‘चिकित्सा शिक्षाको विधेयकको विरोधमा कुनै दम नरहेकाले यसबाट कांग्रेस पछि हट्नु पर्छ ।’  

आइतवार बिहान सभामुख महरा तुलसीपुरबाट काठमाडौं प्रस्थान गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?