एजेन्सी । उपाधि होडमा रहेको बार्सिलोनाले जारी ला लिगा फुटबलमा बराबरी खेलेको छ ।
आफ्नो घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लिगको सातौ स्थानमा रहेको भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेलेको हो । खेल शुरु भएको २४ औँ मिनेटमा भ्यालेन्सियाका लागि केभिन गामिरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै ३२ औँ मिनेटमा डानी परेजोले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । यता ३९ औँ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गरे ।
खेलको पहिलो हाफसम्म २-१ गोल अन्तरले पछाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल ग-यो । ६४ औँ मिनेटमा पुनः मेस्सीले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । बराबरीपछि बार्सिलोनाले २२ खेलबाट ५० अंक बनाएको छ । भ्यालेन्सियाको ३० अंक छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा सेल्टा डि भिगोले सेभियालाई १-० गोल अन्तरले तथा रियल सोसिडाटले एथ्लेटिको बिल्बाओलाई २-१ गोल अन्तरले पराजित ग-यो । यता लेभान्ते र गेटाफेबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया