नेपालको सातौँ विकेट पतन, ऐरी आउट

लोकपथ
217
Shares

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तरगत समूह चरणको अन्तिम खेलमा हाल नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाएको छ ।

सातौं विकेटमा रुपमा नेपालका दिपेन्द्र ऐरी आउट भएका हुन् । नेपालले ३३.४ ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन जोडेको छ ।

अहिले सन्दीप लामिछाने र गुलशन झाले ब्याटिङ गरिरहेका छन् ।

नेपाल आज पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?