सातामा सेयर बजार : नेप्से दुई हजार ५५ अंकमा

लोकपथ
84
Shares

काठमाडौं । यो साता सेयर बजार परिसुचकले खासै उत्साह ल्याउन नसके पनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ । नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं नेप्से खुल्ला रहेको थियो ।

जसमध्ये पहिलो र पाँचों दिन बढेको नेप्से बाँकी दिनहरुमा घटेको थियो । जसले गर्दा नेप्से यो साता दुई हजार ५५ दशमलव ५३ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ इन्डेक्स तीन सय ८५ दशमलव ८१ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा यो साता कुल दुुई सय ८० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा तीन लाख २० हजार एक सय ३४ पटकको कारोबारमा पाँच करोड २५ लाख २३ हजार दुई सय ८६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कारोबार रकम २० अर्ब ६६ करोड २० लाख ८४ हजार छ सय १२ रुपैंयाँ कायम भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता यस्तो कारोबार रकम १८ अर्ब ६४ करोड ८१ लाख ६८ हजार चार सय ४९ रुपैंयाँ रहेको थियो । उक्त साता कुल दुुई सय ८५ वटा कम्पनीहरुको तीन लाख १४ हजार चार सय २८ पटकको कारोबारमा चार करोड ८२ लाख ४१ हजार आठ सय ७३ कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नियमित कारोबारको लागि नेप्से यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन बढेको नेप्से दोस्रो, तेस्रो र चौंथो दिन भने घटेको थियो । सो मध्ये पहिलो दिन ५२ दशमलव २६ अंकले बढेर दुई हजार ९४ दशमलव ३३ अंकमा पुगेको नेप्से दोस्रो दिन दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन पुन २६ दशमलव ५६ अंकले घटेर दुई हजार ६४ दशमलव ८३ अंकमा झरेको नेप्से चौथो दिन पनि १४ दशमलव शुन्य पाँच अंकले घटेर दुई हजार ५० दशमलव ७८ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन भने नेप्से चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ अंकमा कायम हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव १८ अंकले बढेर तीन सय ९० दशमलव ५६ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव ८२ अंकले बढेर तीन सय ९२ दशमलव ३८ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने चार दशमलव २५ अंकले घटेर तीन सय ८८ दशमलव १४ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन दुई दशमलव शुन्य तीन अंकले घटेर तीन सय ८६ दशमलव ११ अंकमा खुम्चिन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८५ दशमलव ८१ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?