काठमाडौं। रेष्टुरेण्ट एण्ड बार संघले ‘रेबान’ले मजदुर संगठनलाई वार्ताको लागि बोलाएको छ।
सेवाशूल्क खारेजीको विरोधमा रहेका मजदुरलाई रेबानले मजदुरको आन्दोलनप्रति आपत्ति जनाउँदै वार्ताको लागि आह्वान गरेको हो।
‘रेबान’का अनुसार मजदुरलक्षित श्रम, रोजगार तथा सामाजिक सुरक्षाकोष मन्त्रालयले जारी गरेको श्रम ऐन अनुसारको न्यूनतम तलब भत्ता कार्यान्वयन गर्ने प्रतिकद्धता जाहेर गर्दा पनि मजदुर आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको बताएका छन् ।
‘रेबान’ले जारी गरेको बिज्ञप्तिमा ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि विभिन्न मजदुर संगठनले व्यवसायीहरुलाई धम्की र त्रासको वातावरण सिर्जना गर्दै आएको उल्लेख गरेको छ।
सर्वोच्च अदालतले कारण देखाउँदै आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले जनाएको छ । उपभोक्ता केन्द्रित १० प्रतिशत सेवाशूल्क खारेज गरे लगत्तै विभिन्न संगठनबाट मजदुर विरोधमा उत्रिएका हुन् ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा मंगलवारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया