काठमाडौं । आज स्थानीय तहको बजेट प्रस्तुत हुँदैछ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत हुन लागेको हो ।
संविधानत् स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार आज बजेट प्रस्तुत हुन लागेको हो ।
आगामी आर्थिक वर्षका लागि यसअघि नै १० वटा स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् ।
यसअघि नै सबै स्थानीय तहको नीति तथा कार्यक्रम पारित भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया