गुल्मीमा जीप दुर्घटना: दुईको मृत्यु

गुल्मी । गुल्मीको वामी मैदानमा ग १ च ८३५७ नंको जीप दुर्घटना हँुदा दुईको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । 

दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । 

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको प्रहरीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?