के तपाई साच्चै खुशी चाहानुहुन्छ ? त्यसो भए सामाजिक सञ्जालबाट टाढा रहनुहोस्

एजेन्सी । केहि वर्ष यता सामाजिक सञ्जालको प्रयोगकर्ता दिनानुदिन बढ्दो छ । 

फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइबर, व्हाट्स एप्पलगायतको प्रयोगकर्ताहरुको संख्या विश्वमा बढ्दै गइरहेको छ । कमैै मनिसहरु मात्र सामाजिक सञ्जालबाट टाढा छन् । फेसबुक डाटासँग धेरै स्क्यान्डलहरु जोडिएपछि, सामाजिक सञ्जालको सुरक्षाको विषयमा धेरै प्रश्नहरु उठ्न थालेका छन् । सामाजिक सञ्जालमा स्क्यान्डल भइरहँदा पनि सामाजिक सञ्जालको प्रयोगकर्ताहरुमा कुनै पनि कमि आएको छैन् ।

संसारको करोडौं मानिसहरु हरेक दिन फेसबुक प्रयोग गरेर आफ्नो समय खर्च गरिरहेका छन् । तर, एक अध्ययनले के सुझाव दिन्छ भने, फेसबुकका धेरै प्रयोगले मानिसहरुमा निराशा बढाउँदै गएको छ । मानिहरुलाई फेसबुकको नशा भएकोले पनि सामाजिक सञ्जालको प्रयोगमा कमि हुन सकेको छैन् ।

राम्रो महशुस गर्न चाहनुहुन्छ ?

फेसबुक एकाउण्टलाई डिलिट गर्नुहोस् । 

केहि विज्ञहरु बताउँछन्, फेसबुक र अन्य सोसल मिडियाहरु प्लेट फर्महरूद्वारा स्थापित पुरस्कारको प्रणाली जुवा वा मादक पदार्थ दुव्र्यवहारहरु जस्तो हुँदै गइरहेको छ । फेसबुकका पूर्व कर्मचारी सिन पार्केरले भने, ‘धेरै फेसबुकको प्रयोगले मानिसहरुको व्यवहारमा र सोचमा परिर्वतन ल्याएको छ, जसलाई ‘डोपामाइन हिट’ भनिन्छ ।’

पछिल्लो समयको नयाँ अध्ययनले फेसबुकलाई आफ्नो जीवनबाट हटाउनु मानव समाजको लागि फाइदाजनक रहेको बताइएको छ । 

पछिल्लो समयको नयाँ अध्ययनले फेसबुकलाई आफ्नो जीवनबाट हटाउनु मानव समाजको लागि फाइदाजनक रहेको बताइएको छ । 

स्ट्यानफोर्ड र एनयूयूका शोधकर्ताहरुले सामाजिक सञ्जालहरुको कम प्रयोग गर्दाको निष्र्कषलाई सबैभन्दा ठूलोे रूपमा प्रशंसा गरिएको छ ।

फेसबुकलाई बन्द गर्नु सकरातमक रुपमा लिइएको छ जति आशा मानिसहरुले गरिहेका हुन्छन् । फेसबुक कम प्रयोग गर्नाले मानिसमा नयाँ सोचको विकास हुन्छ, राजनीतिक नाटक र आलोचनाहरु बाट पनि टाढा राख्छ भने परिवार र साथीहरुसँग आत्मियता बढाउछ । 

अर्कोतर्फ, सामाजिक सञ्जालको प्रयोकोे जागरुकता कम भएको छ । यद्यपि, त्यो राम्रो पनि हो ।

सामाजिक सञ्जालका प्रभावहरू ट्रयाक गर्न, सोधकर्ताहरुले २ हजार ८ सय ४४ फेसबुक प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक एक महिनाको अस्थायी रुपमा बन्द गर्न लगाइयो । तिनीहरुको खाताहरू निरीक्षण पनि गरिएको थियो । र उनीहरु शुद्ध भएको महशुुस गरिरहेका थिए । 

फेसबुक बन्द गर्दा सानो तर, धेरै महत्वपूर्ण सुधार मानिसहरुमा आउँने गर्छ । विशेष गरी निराशा, आत्मसन्तुष्टि,  चिन्ता र उदासीहरु मानिसको जीवनबाट हट्दै जान्छ । 

फेसबुक बन्द गर्दा सानो तर, धेरै महत्वपूर्ण सुधार मानिसहरुमा आउँने गर्छ । विशेष गरी निराशा, आत्मसन्तुष्टि,  चिन्ता र उदासीहरु मानिसको जीवनबाट हट्दै जान्छ । 

यसबाहेक, केहि प्रयोगकर्ताहरु जुन फेसबुक बिना सक्षम थिए । अध्ययनले पुष्टि गरेको छ, स्पष्ट रूपमा, फेसबुक र सोसल मिडियाको ठूलो लाभ छ ।

फेसबुकमार्फत धेरै गल्तीहरु भएका छन् तर, यसले धेरै साथीहरु, परिवार, समाजलाई जोडेर राखेको छ । जानकारी र मनोरञ्जनको स्रोतको रूपमा रहेको छ सामाजिक सञ्जाल ।

तर, घण्टौसम्म एकोहोरो फेसबुल, इन्स्टाग्राम लगायतको सामाजिक सञ्जाल चलाउँदा मानसिक तथा शारीरिक रुपमा रोगी हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । त्यसैले सामाजिक सञ्जाल चलाउँदा होशियारी पनि अपनाउने की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?