मन्त्री बस्नेतकी भतिजी मृत अवस्थामा फेला

ललितपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । 

प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?