जिम्बावेमा नेपालले थप दुई खेल खेल्ने

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपालले जिम्बावेमा थप दुई खेल खेल्ने भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिएको नेपालले थप दुई खेल खेल्ने भएको हो ।

नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन सकेन । ७ देखी १० औं स्थानको लागि प्लेअफ हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पाचौं स्थानको टोलीसँग खेल्नेछ । समूह ए को पाचौं स्थानको टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुई खेलको विजेता टोली ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसैले नेपालले प्लेअफमा दुई खेल खेल्ने भएकोछ । प्लेअफको खेलहरु ३० जुलाई देखी ६ जुलाईसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?