अमेरिकासँग सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य: कांग्रेस

काठमाडौं । अमेरिकाको विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । 

आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा कांग्रेसले सो कुरा बताएका हुन् । 

नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सार्वजनिक गर्न नहुने कांग्रेसले बताए ।

‘अमेरिकाको विरुद्धमा अध्यक्ष प्रचण्डले राखेको सार्वजनिक अभिव्यक्ति गलत छ’, प्रमुख सचेतक खाँडले भने, ‘अमेरिकासँग सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?