पाकिस्तानविरुद्धको टि-ट्वान्टी सिरिज नेपालले जित्यो

काठमाडौं ।  पाकिस्तानविरुद्धको पाँच खेलको महिला नेत्रहीन टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ ।

आइतवार भएको चौथो टि-ट्वान्टीमा पाकिस्तानलाई ९ विकेटले हराउँदै नेपालले एक खेल अगाबै सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो । 

नेपाली टिमले पाकिस्तानले दिएको १ सय २ रनको लक्ष्य ८ दशमलब ५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा ग-यो । पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो । 

यसअघि भएको पहिलो र तेस्रो खेलमा नेपालले १० विकेटको हात पारेको थियो । नेपाल र पाकिस्तानबीचको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?