सिन्धुली । जिल्लाको तीन पाटन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
पालिकाले आगामी आर्थिक वर्षका लागि माटो सुहाउँदो नयाँ नीति तथा कार्यक्रमहरु ल्याउँदै त्यसलाई बजेटमार्फत् कार्यान्वयन गराउने संकल्प गरेको छ ।
पालिकाले तीनपाटनको सान : कृषि उधममा किसान, घर÷घरमा घार, टोल/टोलमै पशुपंक्षी सेवा भन्दै कृषि क्षेत्रको उन्नयनका लागि जोड दिएको छ । त्यस्तै
त्यस्तै पालिकाले वर्तमानका बालक, भविष्यका पालक, गाउँपालिकाको सोच, नवप्रतिभाको खोज र जनतासँग जनप्रतिनिधि लगायतका कार्यक्रमहरु समेटेको छ ।
त्यस्तै नागरिकहरुलाई करको दायरामा ल्याउनका लागि मैले तिर्ने कर, गाउँपालिकाको भर, उधम मार्फत रोजगार, गर्वको आधार लगायतका नयाँ कार्यक्रमहरु ल्याएको छ ।
त्यस्तै पालिकाले शिक्षामा जोड दिएको छ ।
पालिकाले सासुको इच्छा, बुहारीलाई शिक्षा, एक वडा, एक आवासीय मावि लगायतका कार्यक्रमहरु अघि सारी त्यसबाट शिक्षामा थप प्रोत्साहन गर्ने भएको छ ।
त्यसैगरी पालिकाले श्वास्थ्य क्षेत्रलाई थप प्राथमिकतामा राखेको छ । पालिकाले नागरिक उपचार सहायता कोष
स्वस्थ आमा, स्वस्थ बच्चा र घरमै स्वास्थ्यकर्मी लगायतका नाराहरुलाई अघि सारेको छ ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले उक्त नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । आफूले नयाँ नयाँ योजनाहरुलाई प्राथमिकताका साथ राखेर अघि बढेको बताए । साथै ती योजना कार्यान्वयन गराउनका लागि आफू लागि पर्ने समेत बताए ।
पालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि ३१ करोड बढी बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ ले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ७९ करोड ९० लाख २३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया