नुवाकोट । जिल्लाको लिखु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत भएको छ ।
आइतबार गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले आगामी आर्थिक वर्षको अनुमानित आय र व्यय विवरण प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षका लागि ४० करोड, ३० लाख ३० हजार विनियोजन गरेको जानकारी दिएकी छिन् ।
जसअनुसार वित्तीय समानीकरणतर्फ ८ करोड ५९ लाख ४३ हजार र ससर्त अनुदान र विषयगत निकायको १६ करोड, ४३ लाख ८६ हजार रहेको छ । ससर्त अनुदानमध्ये संघीय सरकारबाट प्राप्त हुने १४ करोड, ७० लाख र प्रदेश सरकारबाट १ करोड ७३ लाख ८६ हजार रहेको छ । संघीय राजस्व बाँडफाँडबाट ६ करोड २२ लाख ९० र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ३९ लाख र ११ हजार अनुमान गरिएको उनले बताइन् ।
सामाजिक गतिविधि उत्साहजनक रहेको बताइन् । सामुदायिक शिक्षामा राम्रो सुधार रहेको उनले बताइन् ।
पालिकाको सबै वडाहरुमा टेलिफोन व्यवस्थापनका लागि समेत बजेट व्यवस्थापन गरिएको छ ।
त्यस्तै वैदशिक रोजगारीमा गएका व्यक्ति र विदेशबाट फर्किएकाहरु र उनीहरुको परिवारलाई क्षमताको उपभोग गरी अन्य रोजगारीमा सहभागि हुनका लागि पालिकाले बजेट छुट्टयाएको छ ।
त्यस्तै प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिक’ का लागि समेत बजेट विनियोजन गरिएको छ ।
पालिकाले यसअघि नै खुला दिशामुक्त, पूर्ण खोपमुक्त गाउँपालिका घोषणा भइसकेको प्रगती भएको उनले बताइन् ।
त्यस्तै भौतिक पूर्वाधार विकासमा राम्रो प्रगती भएको बताइन् ।
लिखु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नागरिकको जीवनरक्षा देखि भौतिक पूर्वाधार विकाससम्मका नविन योजनाहरु ल्याएको छ ।
गाउँपालिकाले नागरिकको जीवन रक्षा गर्ने, आर्थिक पुनस्थापना गर्ने, सामाजिक आर्थिक र भौतिक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने भएको छ । त्यस्तै स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने, नागरिकका लागि काम र रोजगारीका अवसर सिर्जना गर्ने योजना ल्याएको छ ।
यसअघि सार्वजनिक भएको नीति तथा कार्यक्रमले पालिकाको समग्र विकासमा टेवा पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष धु्रब श्रेष्ठले जानकारी दिए । यसअघिका कामहरुको सकारात्मक प्रतिक्रियाका आधारमा आफूहरुले आगामी दिनमा नमुना पालिका बनाउने काममा लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया