मेक्सिको– मेक्सिकोको गुइर्रेरो राज्यमा बस्दै आएका अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या गरेको छ ।
आकापुल्को शहरमा बस्दै आएका उनले औषधीय गुण भएको गाँजालाई वैधानिकता दिनुपर्ने पक्षमा समर्थन गर्दै आएका बताइएको छ । स्थानीय सञ्चारमाध्यमले मारिने अमेरिकी नागरिकको नाम जोन गाल्टन रहेको बताएका छन् ।
अभियोजनकर्ताको कार्यालयले जनाएअनुसार गाल्टनलाई उनकै घरमा मारिएको थियो । उनको घरमा औषधिको प्रयोगशाला र गाँजाका विरूवाहरू भेटिएका मेक्सिकोका अधिकारीले बताएका छन् ।
प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित उनी बस्दै आएको एक घरमा छ जना बन्दूकधारी प्रबेश गरेका र एकाएक गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीले घटनामा सङ्गठित ड्रग अपराधमा लागेको समूहको हात रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया