असार १४ गतेदेखि ‘भ्याली फुटसल च्याम्पियनसिप’ हुँदै

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यका स्तरीय ’भ्याली फुटसल च्याम्पियनसिप’ को आयोजना गर्ने भएको छ ।

संघ सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०८० असार १४ गते देखि २३ गतेसम्म च्याम्पियनसिप हुन लागेको जानकारी दिएको हो ।

उक्त प्रतियोगितमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाहरुका १६ देखि २४ उमेर समुहका युवाहरुको विभिन्न फुटसल टिमहरुलाई सहभागी गराइने संघका महासचिव सुमन पुरीले जानकारी दिए ।

उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनका लागि आ आफ्नो पालिकामा वडा स्तरीय खेल खेलाइनेछ । प्रतियोगिताको फाइनल खेल असार २३ गते हुने छ ।

महासचिव पुरीले नेपालमा फुटसल खेलको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने र सरकारलाई समेत खेल, खेलाडीप्रति जवाफदेही बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

उनले भने,‘प्रतियोगिताको मुल उद्देश्य नेपालमा फुटसल खेलको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्नु र यस खेलका माध्यमबाट खेल र खेलाडीप्रति आम नागरिक, संघ, संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई समेत खेल, खेलाडीप्रति जवाफदेही बनाउनु हो ।’

भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको बिजेता टिमलाई २ लाख नगद, उप– बिजेता टिमलाई १ लाख नगद, उत्कृष्ट खेलाडी १ जनालाई १० हजार नगद, उत्कृष्ट गोलरक्षक १० हजार, पालिका च्याम्पियन १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?