काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन–चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी,चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया