काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्ट पारेका छन्।
एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए।
‘म विश्वास दिलाउन चाहन्छु। यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’ उनले भने।
उनले जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया