एजेन्सी । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको पुनः दोस्रो स्थानमा उक्लिएको छ ।
आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा आइतवार राति सम्पन्न भएको खेलमा २५ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले लिगको छैटो स्थानमा रहेको आर्सनलाई ३-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीका लागि सर्जियो अग्युरोले ह्याट्रिक गरे ।
खेल शुरु भएको १ मिनेटमा नै उनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
यता आर्सनलका लागि खेलको ११ औँ मिनेटमा लौरेन्ट कोसील्नीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा अग्युरोले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । खेलको ६१ औँ मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पुरा गरे । अग्युरोले सिटीको लागि ह्याट्रिक गरेको यो १४ औँ पटक हो ।
जितपछि म्यान्चेस्टर सिटीले ६१ अंक बनाएको छ । लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको ६० अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले ११ औँ स्थानमा रहेको लिचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित ग-यो ।
युनाइटेडका लागि खेलको नवौं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि युनाइटेडले ४८ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया