सुनको मूल्यमा वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमवार सुनको मूलय तोलामा ६२ हजार ५ सय पुगेको छ । 

साताको पहिलो दिन आइतवार ६२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन ६२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने आज तोलमा ७ सय ८० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?