काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित हात पारेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५ रनको फराकिलो अन्तरले विजयी भएको हो ।
पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो।
थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३ दशमलब २ ओभरमा ८ रन खर्चेर ५ विकेट लिए । अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।
प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया