कराँते खेलाडी श्रेष्ठ सम्मानित

काठमाडौं । खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएबापत कराँतेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई नगद रुपैयाँसहित सम्मानित भएका छन् । 

हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उनलाई दश हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरेका थिए । 

ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराँते च्याम्पियनसिपमा ८४ केजी मुनिको तौल समूहमा उनले रजत पदक जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?