आईसीसी वरियतामा नेपाल पहिलो पटक समावेश, सन्दीप १ सय ३४ औँ स्थानमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले सार्वजनिक गरेको नयाँ एकदिवसीय क्रिकेटरको वरियतामा भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा यथावत रहेका छन् । 

आइसीसीले निकालेको एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा कोहली ८८७ अंक सहित पहिलो स्थानमा रहेका हुन् । त्यस्तै भारतका रोहित शर्मा दोस्रो स्थानमा छन् ।  न्युजिल्यान्डका रोज टेलर तेस्रो स्थान तथा इंग्ल्यान्डका जोय रुट्स चौथो स्थानमा रहेका छन् । पाकिस्तानका बाबर अजम पाँचौ स्थानमा रहेका छन् ।

आइसीसीको नयाँ वरियतामा नेपालका कुनै पनि ब्याट्सम्यान शीर्ष एक सयमा पर्न सकेनन् । यता बलिङतर्फ भने नेपालका सन्दीप लामिछाने १ सय ३४ औँ स्थानमा परेका छन् । 

त्यस्तै अलराउण्डरतर्फ अफगानिस्तानका रासिद खान पहिलो स्थानमा छन् । 

यता एकदिवसीय राष्ट्रको वरीयतामा भने इंग्ल्यान्ड पहिलो स्थानमा छ ।  भारत दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेका छन् । 

यता नेपाल भने पहिलो पटक आइसीसीको राष्ट्रमा समावेश भएको छ । युएईविरुद्धको तीन एकदिवसीय र टि—ट्वान्टीको सिरिज जितेपछि नेपालले आईसीसीको वरियतामा परेको हो । नेपाल हाल वरियताको १५ र्औँ स्थानमा छ । 

एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?