रंगशाला कसरी छिटो बनाउने भन्ने मात्रै ध्यान छः धुर्मुस

काठमाडौं । यतिबेला धुर्मुस उर्फ सीताराम कट्टेल चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा खटिएका छन् । सोही क्रिकेट निर्माणका लागि धुर्मुस सुन्तली सहित कलाकारको टिम ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ का लागि मलेसिया प्रस्थान गरेको छ ।

योसँगै धुर्मुस–सुन्तलीले सामाजिक सञ्जाल फेसबूकमा पनि क्रिकेट निर्माणको विषयमा बढी सक्रियता देखाएका छन् । केही दिनअघि मात्र काठमाडौंको राष्ट्रिय सभागृहमा ठूलै कार्यक्रमको आयोजना गरेर रंगशालाको औपचारिक घोषणा गरेका धुुर्मुस सुन्तली यसैका लागि लागिपरेका छन् ।

आइतवार कार्यक्रमका लागि मलेसिया जाँदै गर्दा एअरपोर्टमा पत्रकारसँग कुरा गर्दै उनले आफूहरुलाई अहिले रकम जुटाउन र रंगशाला समयमा सक्नपर्ने भएकाले यसैमा लागेको बताए । उनले भने, ‘अहिलेको ध्यान अरुतिर भन्दा पनि कसरी समयमा रंगशाला जुटाउने भन्नेमा छ ।’

अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणापछि फाउन्डेसनलाई रकम उठ्न थालिसकेको छ । सामाजिक सञ्जालमा भने रंगशाला बनाउने काम सरकारको भएको भन्दै यदाकदा विरोधको आवाज पनि उठेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?