बेलायती विकास मन्त्री ज्याकले दिए राजीनामा

लोकपथ
0
Shares

काठमाडौं। पर्यावरणको मुद्दामा सरकार उदासीन भएको भन्दै बेलायती विकास मन्त्री ज्याक गोल्ड स्मिथले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ऋषि सुनकको सरकारमा रहेका राष्ट्रमण्डल विकास मन्त्री ज्याक गोल्ड स्मिथले वातावरणको मुद्दामा सरकार उदासीन रहेको भन्दै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

स्मिथको राजीनामा कारण प्रधानमन्त्री सुनक स्तब्ध हुन पुगेका छन् । सुनकले वातावरणको मुद्दामा नभई संसद्को अधिकार क्षेत्रका बारेमा गरेको टिप्पणीलाई लिएर उनले राजीनामा दिएको दाबी गरेका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?