काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा युएईले नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।
युएईका लागि वृत्य अरबिन्दले ४४ रन बनाए आसिफ खान इनिङको दोस्रो बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए ।
दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ तथा प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया